site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रुसले कब्जा गरेका तीन गाउँ फिर्ता ल्याएको युक्रेनी दाबी

काठमाडौं । युक्रेनले दक्षिण पूर्वमा रहेका तीन गाउँलाई रुसको कब्जाबाट मुक्त गरेको दाबी गरेको छ ।

रुसले कब्जा गरेको भूमि फिर्ता ल्याउन युक्रेनले सुरु गरेको काउन्टर अफेन्सिभ (प्रत्याक्रमण)को यो पहिलो जित मानिएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा युक्रेनी सेनाले दोनेट्स्क क्षेत्रको ब्लाहोदात्ने र नेस्कुच्ने छिमेकी बस्तीमा जित मनाइरहेको देखिएको छ ।

किभका उपरक्षामन्त्रीले मकारिभका गाउँलाई पनि फिर्ता ल्याइएको बताएका छन् ।

शनिबार युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले प्रत्याक्रमण सुरु भएको बताएका थिए ।

मस्कोले भने यसबारेमा कुनै प्रतिक्रिया जनाएको छैन । रुसी सेनाले युक्रेनी सेनालाई पछाडि धकेल्ने टिप्पणी मात्र गरेको छ । बीबीसीबाट ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  ११:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro