site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै गोली चल्यो
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै शम्भुमार्गमा आइतबार मध्याह्न गोली चलेको छ । 

लागुऔषध कारोबारीको टोलीलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । 

कडायतले भने, "लागुऔषध कारोबार गर्ने टोलीलाई नियन्त्रण गर्न खोज्दा प्रहरीमाथि हातपात भएपछि गोली चलेको हो ।"  

गोली लागेर एकजना घाइते भएका छन् । घाइतेको परिचय खुलेको छैन । 

लागुऔषध नियन्त्रण ब्युरोले लागुऔषध कारोबार गर्ने ५/६ जनाको टोलीलाई नियन्त्रण गर्न खोज्दा घटना भएको जनाएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro