site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आइएमई लाइफलाई २३६.९१ र अपर लोहोरेलाई १०० मा आईपीओ निष्कासन गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आइएमई लाइफ इन्स्योरेन्स र अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्डले आइएमई लाइफलाई २३६ रुपैयाँ ९१ पैसामा र अपर लोहोरेलाई १०० रुपैयाँमा आईपीओ निष्कासन गर्न आज (जेठ २३ गते) अनुमति दिएको हो ।

आइएमई लाइफ इन्स्योरेन्सले १७६ रुपैयाँ प्रिमियम थप गरी २७६ रुपैयाँमा आईपीओ निष्कास गर्न चैत १३ गते बोर्डमा निवेदन दिएको थियो । तर, बोर्डले प्रिमियम रकम घटाएर आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।

अब यो कम्पनीले आईपीओको अंकित मूल्यभन्दा १३६ रुपैयाँ ९१ पैसा बढी मूल्यमा आईपीओ निष्कासन गर्न पाउने छ ।

कम्पनीले प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसाका दरले दुई अर्ब ७६ करोड सात लाख ७४ हजार रुपैयाँ बराबरको एक करोड २० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।

त्यसमध्ये ६ लाख कित्ता आईपीओ भने कम्पनीका कर्रमचारीहरूलाई प्रतिकित्ता १०० रुपैयाँमै निष्कासन गर्ने बताइएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।

त्यसैगरी अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता आईपीओ निष्कासन गर्नेछ ।

यो कम्पनीको आईपीओ निष्कासन तथा प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro