site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एक खर्ब ४६ अर्बभन्दा बढी बिमा शुल्क आर्जन, ३.६७ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्म जीवन र निर्जीवन बिमा कम्पनीहरूले एक खर्ब ४६ अर्ब ७९ करोड ९३ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका छन् । गत वर्षको सोही अवधिमा एक खर्ब ४१ अर्ब ५९ करोड ९२ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन भएकामा यो वर्ष ३.६७ प्रतिशतले वृद्धि भएको हो ।

यो अवधिमा जीवन बिमा कम्पनीहरूले एक खर्ब १० अर्ब ४० करोड २१ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका छन् । निर्जीवन बिमा कम्पनीहरूले ३२ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् ।

गत वर्षभन्दा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म जीवन बिमा कम्पनीहरूको कुल बिमा शुल्क आर्जन ३.३६ प्रतिशतले वृद्धि भएको छ । निर्जीवन बिमा कम्पनीहरूको कुल बिमा शुल्क आर्जन ४.७८ प्रतिशतले वृद्धि भएको छ ।

उक्त अवधिमा वैदेशिक रोजगारी बिमालेख संख्या ७८.२३ प्रतिशतले वृद्धि भएको छ । वैशाखसम्म १५ लाख २३ हजार २६८ बिमालेख बिक्री भएको छ । वैशाखसम्म कुल एक करोड ३८ लाख ८३ हजार जीवन बिमालेख बिक्री भएको छ । गत वर्षको तुलनामा यस्तो बिमालेख जारी १२.२२ प्रतिशतले वृद्धि भएको हो । कुल निर्जीवन बिमालेखको संख्या २३ लाख ५० हजार ६५२ पुगेको छ । यस्तो निर्जीवन बिमालेख ०.१० प्रतिशतले वृद्धि भएको छ ।

गत वर्षको तुलनामा बिमा कम्पनीहरूको कार्यालय संख्यामा भने कमी आएको छ । बिमा कम्पनीहरू एकापसमा मर्जरमा जान थालेसँगै कार्यालयको संख्यामा कमी आएको हो ।

वैशाख मसान्तसम्म बिमा कम्पनीहरूको कार्यालयको संख्या दुई हजार ९१५ मा झरेको थियो । गत वर्षको सोही अवधिमा यी कम्पनीको कार्यालय संख्या तीन हजार ३४८ थियो ।

हाल नेपालमा जीवन, निर्जीवन र पुनर्बिमा कम्पनी गरी कुल ३२ बिमा कम्पनी छन् । जसमा जीवन बिमा र निर्जीवन बीमाको संख्या १५/१५ छन् । पुनर्बिमामा हिमालयन रि–इन्स्योरेन्स र नेपाल पुनर्बिमा कम्पनी छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro