site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गर्मी लाग्यो, सर्पको टोकाइबाट कसरी बच्ने ? 

काठमाडौं । गर्मी मौसममा विशेषगरी सर्प जमिनको सतहमा निस्किन्छन् । जमिनको सतहमा आउने क्रममा सर्प मानिसको घरमा पुग्न सक्छन् । त्यसैले सर्पको टोकाइबाट बच्न सतर्क हुनु पर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

विषालु सर्पले टोके मानिसको ज्यान समेत जान सक्छ । त्यसैले सर्पको टोकाइबाट बच्नु पर्नेमा प्राधिकरणले जोड दिएको छ । 

सर्पको टोकाइबाट जोगिन सर्पलाई जिस्काउने वा चलाउने गर्नु हुँदैन । खेतबारीमा काम गर्दा गम्बुट जुत्ता लगाउनु पर्छ । सर्पले पहिला खुट्टा बेरेर खुट्टामै टोक्ने सम्भावना धेरै हुन्छ । च्यसैले सकेसम्म गम्बुट जुत्ता लगाउनु पर्ने प्राधिकरणले जनाएको छ । 

सर्प खाना खान र पानीको खोजी गर्दै मानिसको घरमा आउन सक्छ । त्यसैले भुइँ वा जहाँ त्यहीँ खानेकुरा पोख्ने गर्नु हुँदैन । खाना तथा पानीका भाँडाहरू राम्रोसँग छोपेर राख्न प्राधिकरणको आग्रह छ ।  

सर्प मुसा खानका लागि पनि घर वा घर परिसरमा आउने हुनाले मुसा नियन्त्रणका उपायहरू अपनाउनु पर्छ । अँध्यारोमा जुत्ता लगाएर तथा टर्चलाइट बालेर हिँड्ने गर्नुपर्छ । झाडीमा जानु परे गमबुट लगाउन प्राधिकरणले आग्रह गरेको छ । 

“सुत्दा ओछ्यानमा टकटक्याऔँ । झुल हाल्ने तथा पराल र दाउरा झिक्दा वा तान्दा सचेत होऔँ । घर वरिपरि सफा राख्ने गरौँ ।
६. घर वा घर वरिपरि मुसाका वा अरू दुलाहरू छन् भने तत्कालै टाल्ने वा पुर्ने गरौँ,” प्राधिकरणले भनेको छ । 

तालतलाउ, नदीनालामा विषालु सर्प हुन सक्ने हुँदा सावधानी अपनाउन आग्रह गरेको छ । सर्पले टोकेको अवस्थमा सर्पदंश केन्द्रमा गएर उपचार गर्न आग्रह गरेको प्राधिकरणले धामीझांक्रीको भर नपर्न भनेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ०७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro