site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निजी क्षेत्रको प्रगतिबिना देशको प्रगति हुन सक्दैन : उद्योगमन्त्री रिजाल
फाइल तस्बिर।

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निजी क्षेत्रको प्रगतिबिना देशको प्रगति हुन नसक्ने बताएका छन् ।

आइतबार नेपाल मैदा उद्योग संघको २३औँ साधारणसभामा बोल्दै रिजालले निजी क्षेत्रको विकासबिना देश विकास सम्भव नभएको बताएका हुन् ।

उनले भने, “तपाईं पैसा कमाउन सक्नुभयो भने यो देशले पनि कमाउने हो । तपाईंहरूको प्रगतिबिना देश विकाशको लक्ष्य पूरा हुन सक्दैन ।”

उनले उद्योगीको समस्या समाधान गर्नको लागि सरकार तयार रहेको बताए ।

“तपाईंहरू भनेको सरकारको आँखा हो । समस्या के छ ? भन्नुस् । म तपाईंको साथमा छु,” उनले भने, “तपाईंहरूको समस्या समाधान गर्नको लागि सरकार तयार छ । सरकारको  मन्त्रीको हैसियतले म पनि तयार छु ।”

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro