site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जनकपुरमा सबैभन्दा गर्मी, काठमाडौंको तापक्रम ३२ डिग्री सेल्सियस
जनकपुर । फाइल तस्बिर ।

काठमाडौं । केही दिनयता देशभर गर्मी बढ्दो क्रममा छ । कतिपय स्थानको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगिसकेको छ ।

मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणमा हाल १४ स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा बढी छ । महाशाखाले २० स्थानको विवरण सार्वजनिक गरेको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार जनकपुरको अधिकतम तापक्रम सबैभन्दा बढी ४१ डिग्री सेल्सियस छ । त्यसपछि सिमराको ४०.७, भैरहवाको ४०.५, विराटनगरको ३९.२, नेपालगन्जको ३९, धनगढीको ३८.३, धरानको ३७.५, वीरेन्द्रनगरको ३७.४, घोराहीको ३६.५, दिपायलको ३६.४, पोखराको अधिकतम तापक्रम ३३.२ डिग्री सेल्सियस छ । काठमाडौंको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस छ ।

यो आज (शनिबार) दिउँसो मापन गरी सार्वजनिक गरिएको विवरण हो । महाशाखाले हरेक दिन बिहान न्यूनतम र दिउँसो अधिकतम तापक्रम मापन गरी विवरण सार्वजनिक गर्ने गर्छ ।

महाशाखाका अनुसार आज जोमसोमको न्यूनतम तापक्रम सबैभन्दा कम २ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसपछि जुम्लाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो । काठमाडौंको न्यूनतम तापक्रम १७.२ डिग्री सेल्सियस मापन गरिएको थियो ।

qeifmkgm1685807218.JPG

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  २०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro