site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बजेटले आम नेपालीलाई आशा र भरोसा दिन सकेन : विष्णु पौडेल
फाइल तस्बिर ।

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयनको सम्भावना नरहेको प्रतिक्रिया दिएका छन् । 

सोमबार बजेट सार्वजनिक भएपछि संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्री पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयन हुने सम्भावना नदेखिएको बताएका हुन् ।

उनले बजेटले संकटमा रहेको अर्थतन्त्रलाई समाधानको दृष्टिकोण पनि दिन नसकेको बताए । उनले चलनचल्तीका
कार्यक्रम घोषणा गर्नेबाहेक बजेटले केही गर्न नसकेको बताए । 

उनले आम नेपाली जनतामा आशा र भरोसा दिन पनि नसक्ने पनि बताए ।

"सरकारले ल्याएको बजेटले संकटमा रहेको अर्थतन्त्रलाई समाधानको दृष्टिकोण पनि दिन सकेन । चलनचल्तीका कार्यक्रम घोषणाबाहेक बजेटले केही गर्न सकेको छैन । आम नेपाली जनतामा आशा र भरोसा दिन सक्दैन," उनले भने ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  २१:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro