site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
के अर्थमन्त्रीले बजेट भाषण गरेबापत पैसा पाउँछन् ?
फाइल तस्बिर ।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले सोमबार संघीय संसद्मा बजेट पेस गर्दै छन् । हरेक वर्ष जेठ १५ गते संसद्मा सरकारको वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

संविधानमै मिति तोकिएपछि बजेट पेस गर्न सरकारलाई खासै कठिनाइ हुने गरेको छैन । बजेटसँगै सर्वसाधारणमा एउटा मित्थ्या हल्ला फैलने गर्छ– बजेट भाषण गरेबापत अर्थमन्त्रीले पाँच लाख रुपैयाँ नगद पाउँछन् । हरेक वर्ष सामाजिक सञ्जालमा यस्तो हल्ला फैलिन्छ ।

वास्तविकतामा भने अर्थमन्त्रीले बजेट भाषण गर्दा पैसा पाउने व्यवस्था नै छैन ।

नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले तत्कालीन समयमा दुईपटक बजेट ल्याएका थिए । एकपटक सदनमा, अर्कोपटक अध्यादेशमार्फत बजेट ल्याएका थिए । संसद्मा बजेट पेस गर्न जाँदा त्यो च्यातिएको अनुभव समेत उनीसित छ ।

बजेट भाषण गर्दा पाँच लाख रुपैयाँ पाइने हल्ला मात्र भएको उनी स्पष्ट पार्छन् । “अर्थमन्त्रीले बजेट भाषण गरेपछि पाँच लाख पाउने भन्ने हुँदैन,” पाण्डेले भने, “अर्थमन्त्रीले बजेट भाषण गर्नु आफ्नो जिम्मेवारी हो । त्यसमा थप सुविधा केही हुँदैन ।”

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro