site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
३२ लाख स्मार्ट लाइसेन्स छापियो, साढे १७ हजार किलोमिटर सडक कालोपत्रे भयो

काठमाडौं । नेपालमा गत फागुनसम्म करिब ३२ लाख इलेक्ट्रोनिक स्मार्ट लाइसेन्स छापिएको छ । आइतबार अर्थमन्त्री डा. प्रकाशरण महतले संसद्मा पेस गरेको आर्थिक सर्वेक्षणमा गएको फागुनसम्म ३२ लाख ३१ हजार ४७५ स्मार्ट लाइसेन्स छापिएको उल्लेख छ । 

यस्तै, गत फागुनसम्म दुईलाख ५७ हजार ३९४ इम्बोस्ड नम्बर प्लेट छापिएको छ । तीमध्ये ५१ हजार १९ थान जडान भइसकेको छ ।

आर्थिक सर्वेक्षणको तथ्यांकअनुसार फागुनसम्म नेपालमा १७ हजार ४८० किलोमिटर सडक कालोपत्रे भएको छ । 

सात हजार ९५६ किलोमिटर ग्राबेल र ८ हजार ६६४ किलोमिटर कच्ची सडक रहेको छ । फागुनसम्म संघीय सरकारले ३४ हजार १ सय किलोमिटर सडक निमार्ण गरेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro