site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बैंग्लोरतर्फ उडेर काठमाडौं नै फर्काइएको विमानमा सवार थिए १५९ जना
फाइल तस्बिर ।

काठमाडौं । भारतको बैंग्लोरका लागि उडेको नेपाल एयरलाइन्सको एउटा विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएको छ ।

आरए २२५ उडान नम्बरको विमानलाई बैंग्लोर नपुगी काठमाडौं नै फर्काएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बाह्रखरीलाई जानकारी दिए ।

शनिबार दिउँसो पौने २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमानलाई केही बेरमै काठमाडौं फर्काइएको उनले बताए । उनका अनुसार विमानमा चरा ठोक्किएको आशंका गरिएको छ । चरा ठोक्किएको/नठोक्किएको पुष्टि हुन भने बाँकी छ ।

अहिले उक्त विमानको चेकजाँचको कार्य भइरहेको उनले जानकारी दिए ।

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार उक्त विमानमा चालक दलका सदस्यसहित १५९ जना सवार थिए ।

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro