site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
उत्तरी चीनमा पटाका विस्फोट हुँदा चारजनाको मृत्यु

सिजियाजुआङ । उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा चारजनाको मृत्यु भएको छ । दुईजना बेपत्ता भएका छन् ।

सो विस्फोट दिउँसो ४ बजे भएको थियो । उक्त समयमा जाङ्गटुन प्रहरी चौकीमा अधिकारीहरूले अवैध रूपमा व्यापार भएको शंकास्पद आतिशबाजीको नमूना संकलन गरेर परीक्षण गरिरहेका थिए । 

हालसम्म नौ जनाको उद्धार गरिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ११:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro