site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रुकुम पश्चिममा जीप दुर्घटना : पाँचजनाको अवस्था गम्भीर
प्रतीकात्मक तस्बिर ।

रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८, दुलीमा आज भएको जीप दुर्घटनामा परेर पाँचजना गम्भीर घाइते भएका छन् ।

प्रहरी निरीक्षक एवम सूचना अधिकारी विष्णु श्रेष्ठका अनुसार गम्भीर घाइते पाँचैजनालाई उपचारका लागि केही बेरअघि हेलिकोप्टरमार्फत बाँकेको नेपालगन्ज लगिएको छ । अरू घाइतेलाई जिल्ला अस्पताल सल्ले ल्याइएको छ । जीपमा १५ जना सवार थिए ।

सानीभेरी गाउँपालिका–५, मेलचौरबाट दुली हुँदै जिल्ला सदरमुकाम खलंगा जाँदै गरेको लु१ज १७४७ नम्बरको जीप दुलीको मोतिखोलामा दुर्घटना भएको हो । जीप सडकबाट करिब ४०० मिटर तल खसेको बताइएको छ । रासस

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ११:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro