site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थतन्त्र संकटमा त छ, तर श्रीलंकाको स्थितिमा जाँदैन : प्रधानमन्त्री

काठमाडौंै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र श्रीलंकाको स्थितिमा जाने अवस्था नरहेको दाबी गरेका छन् ।

नीति तथा कार्यक्रमबारे राष्ट्रियसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले अर्थतन्त्र दबाब र अफ्ठ्यारोमा भए पनि त्यस्तो आतंक फैलाउन नहुने बताए ।

“अर्थतन्त्र दबाबमा छ । अफ्ठ्यारोमा छ । श्रीलंकातिर जाँदै छ भन्ने साँचो होइन । अनावश्यक आतंक सिर्जना गर्ने झुठो कुरा कसैले गर्नु हुँदैन,” प्रधानमन्त्रीले भने, “संकटमा त छ, श्रीलंकको स्थितिमा जाँदै छैन । सूचकले त्यस्तो देखिँदैन ।”

उनले राजश्व वुद्धि गर्न आवश्यक रहेको बताए । चोरी पैठारी रोक्नुपर्ने, करको दायरा बढाउने, राजश्व छली गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने, भ्रष्टाचारलाई दृढताका साथ घटाउन सके अर्थतन्त्र लयमा आउने उनले बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro