site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
युवालाई मुलुकको अर्थतन्त्रबारे बुझाउन आवश्यक छ : उपसभामुख

काठमाडौं । उपसभामुख इन्दिरा रानाले देशका युवालाई मुलुकको अर्थतन्त्रबारे बुझाउन आवश्यक रहेको बताएकी छन् ।

विश्वव्यापार सङ्गठन र सिङ्गापुरस्थित एस राजारत्नम अन्तर्राष्ट्रिय मामिला अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्याशालामा भाग लिएर स्वदेश फर्किएपछि सञ्चारकर्मीसँगको छलफलका क्रममा उपसभामुख रानाले कार्यशाला गुणस्तरीय पूर्वाधार, पारदर्शीता र समानताका मुद्दामा अनुभव आदान प्रदान भएको बताइन् । 

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउन तथा त्यस्ता मञ्चमा प्रस्तुत हुने विषयवस्तुलाई व्यवस्थित गर्नुपर्ने उनले बताइन् । 

कार्यशालामा आफूले जलवायु परिवर्तनबाट हिमाली क्षेत्रमा परेको असर, वातावरण संरक्षण, कार्बन उत्सर्जनलगायतका विषयवस्तु उठाएको उनले बताइन् । 

यही ज्येठ १ देखि ३ गतेसम्म आयोजित कार्यशालामा उपसभामुख राना सहभागी भएकी थिइन् ।

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro