site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘आइडिया बैंक’मा नयाँ योजना लिएर आउन बालेनको आग्रह 
फाइनल तस्बिर

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ योजना भए प्रस्तुत गर्न आग्रह गरेको छ । व्यवसायमुखी आइडिया भए र त्यसलाई व्यवसायमा परिणत गर्न चाहना भए त्यस्ता योजना लिएर आउन पनि महानगरले आग्रह गरेको छ । 

नयाँ योजना भए कसैले पनि उद्यमी हुन रोक्न नसक्ने काठमाडौं महानगरका मेयर बालेन शाहले बताएका छन् । उनले महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैंक कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको बताएका छन् । 

“आइडिया बैंक कार्यक्रमको उद्देश्य दक्ष/अदक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरबासी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने हो । तपाइसँग आइडिया छ, तपाईँ महानगरभित्र कुनै स्टार्टअप सुरु गर्नुभएको छ र तीन वर्ष कटेको छैन । तपाईं विद्यार्थी हुनुहुन्छ तपाइसँग महानगरको समस्या समाधानका व्यवसाय मुखी आइडिया छन् र त्यसलाई व्यवसायमा परिणत गर्न चाहनुहुन्छ,” बालेनले भनेका छन्, “कसरी त्यसको विजनेस प्लान बनाउने, कार्यान्वयनको योजना बनाउने । कसरी लगानी जुटाउने त्यसमा यस कार्यक्रमले पूर्ण सहयोग गर्छ । विभिन्न विषयगत क्षेत्रहरूलाई समेटी पाँचवटा क्याटगोरीमा आवेदन माग गरिएको छ ।” 

जेठ १९ गतेसम्म आवेदन दिन बालेनले आग्रह गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ०८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro