site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तनहुँमा बस दुर्घटना हुँदा २७ यात्रु घाइते (नामावली)
प्रतीकात्मक तस्बिर ।

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५, सिर्दीमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।  काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग१ख ९६३५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा बसमा सवारी २७ यात्रु घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टको नेतृत्वमा २५ जनाको प्रहरी टोलीले घाइतेको उद्धार गरेको छ । घाइतेमध्ये नौजनालाई थप उपचारका लागि पोखरा ‘रिफर’ गरिएको छ । अरू घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

घाइते हुनेमा बसचालक पोखरा महानगरपालिका–३१ का २७ वर्षीय सुनील विक, सहचालक पोखरा महानगरपालिका–१५ का ३७ वर्षीय सुविन कुँवर, नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाका १९ वर्षीय सुशील श्रेष्ठ, सोही ठाउँका शिवहरि श्रेष्ठ, पर्वतको फलेवास नगरपालिका–१० का २१ वर्षीय विष्णुप्रसाद चापागाईं, पर्वतकै पैयु गाउँपालिका–१ का २७ वर्षीय टीकाराम न्यौपाने, पोखरा महानगरपालिका बिरौटाका २५ वर्षीय राजकुमारा माझी, सोही ठाउँका १७ वर्षीय विकास बर्तौला रहेको प्रहरीले जनाएको छ ।

यस्तै, २० वर्षीय सौरभ श्रेष्ठ, बागलुङको ताराखोलाका २५ वर्षीय उपेन्द्र घर्ती, पोखरा महानगरपालिका–१९ का २५ वर्षीय अमृत थापा, सोही ठाउँका २३ वर्षीया सविना तामाङ, ३९ वर्षीय चेतबहादुर रानाभाट, भारत, पटनाका ३३ वर्षीय प्रभातकुमार सिंह, २९ वर्षीय अनामिका सिंह, खोटाङका ५० वर्षीया कोपिला राई घाइते भएका छन् ।

यसैगरी, सोलुखुम्बुका ४७ वर्षीय कुलबहादुर राई, २५ वर्षीया नोवाङ शेर्पा, मुगु घर भई काठमाडौंमा बस्ने २५ वर्षीय राजकुमार बूढा, पर्वतको फलेवासका ३२ वर्षीय टेकबहादुर थापा, बागलुङका २० वर्षीया अस्मिता छन्तेल, पोखरा महानगरपालिकाका ३० वर्षीया सोनी पुलामी, भारत, बिहारका १८ वर्षीय रोहित कुमार, एक वर्षीय आदित्य साहा, सुनीता देवी र ३६ वर्षीय राहुल साह घाइते भएका छन् । रासस

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro