site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हिंसाको आरोपमा इमरान खानको पार्टीका थप ५४० नेता–कार्यकर्ता पक्राउ
तस्बिर : रोयटर्स ।

लाहोर । हिंसाको आरोपमा इमरान खानको पार्टीका थप ५४० नेता–कार्यकर्ता पक्राउ परेका छन् ।

लाहोरको कोर्प्स कमान्डर हाउसलगायत सार्वजनिक र निजी भवनमा आक्रमण गरेको आरोपमा प्रान्तभर आतंकवादविरोधी ऐनअन्तर्गत दायर गरिएका मुद्दामा पञ्जाब प्रहरीले थप ५४० जनालाई गिरफ्तार गरेको छ । पक्राउ पर्नेहरूमा इमरान खान नेतृत्वको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का सदस्य रहेको ‘डन’ले जनाएको छ ।

मे ९ देखि पञ्जाब प्रहरीले पार्टीका पदाधिकारी र सदस्यविरुद्ध प्रान्तभर २०५ मुद्दा दायर गरेको छ । बिहीबार राति प्रहरी अधिकारी र पीटीआईका कर्मचारीबीच केही बेर झडप भएको थियो ।

अदालतबाट छोडिएपछि पीटीआई अध्यक्ष इमरान खानलाई स्वागत गर्न पार्टीका समर्थक ठूलो संख्यामा भेला भएको खबर आएपछि शुक्रबार साँझ उनको जमान पार्क हवेलीवरिपरि प्रहरीको उपस्थिति बढाइएको थियो ।

पञ्जाब प्रहरीका प्रमुख डा. उस्मान अन्वरले शुक्रबार जारी  गरेको विज्ञप्तिमा भनिएको छ, “महत्त्वपूर्ण पूर्वाधार,  सार्वजनिक र निजी सम्पत्ति दुवैमा आक्रमणका लागि जिम्मेवार अपराधीलाई कारबाही गरिनेछ, क्षमा दिइने छैन ।” रासस/एएनआई

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro