site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डा. गोविन्द केसी भन्छन्– सबै पार्टी भ्रष्ट छन्
फाइल तस्बिर ।

काठमाडौं । भ्रष्टाचार ढाकछोपविरुद्ध बृहत् नागरिक आन्दोलन सुरु गरिएको छ । नागरिक अगुवाले शनिबार काठमाडौंको नक्सालमा भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध आन्दोलन गरेका हुन् ।

प्रदर्शनमा वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले नक्कली भुटानी शरणार्थी प्रकरणको सत्यतथ्थ छानबिन गर्न सरकारले खुट्टा कमाउन नहुने बताए । उनले निष्पक्ष रूपमा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

सरकारले शीर्ष नेताहरूको पनि छानबिन गर्नुपर्ने र दोषी ठहरिए कारबाही गर्नुपर्ने उनले बताए । ठूला नेताहरू भ्रष्ट नभईकन साना तहकाले भ्रष्टाचार गर्न हिम्मत नगर्ने उनको भनाइ छ ।

“भुटानी शरणार्थीकाण्डमा खुट्टा कमाउनु हुँदैन । छानबिन विस्तृत हुनुपर्छ, निष्पप्क्ष हुनुपर्छ । शीर्ष नेता पनि दोषी पाइयो भने उनीहरूलाई कारबाही हुुनपर्छ । देउवा, ओली, प्रचण्ड पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ । शीर्ष नेता भ्रष्ट नभईकन ऊभन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ,” उनले भने, “निर्दोष हो भने प्रहरीमा उजुरी आउँथ्यो, उनीहरू भाग्न खोज्नु र भाग्नु भनेका स्वतः प्रस्ट हुन्छ । प्रचण्डको पार्टीलाई भाग नपुगेको हो कि के हो ? तर, सबै पार्टी भ्रष्ट नै छन् ।”

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro