site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दाङमा बसको ठक्करबाट युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–१४, आर्मी ब्यारेकनजिक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका–३ का अन्दाजी २१ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रा१ख १२०१ नम्बरको बसले नेपाली सवार रा३प ४२ नम्बरको मोटरसाइकललाई हिजो साँझ करिब ६ बजे ठक्कर दिएको थियो । दुवै सवारीसाधन र बस चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ०९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro