site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अब कक्षा १२ तीन वर्षमै उत्तीर्ण हुनुपर्ने, नयाँ नियम लागु हुँदै 

काठमाडौं । कक्षा १२ मा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीले अबदेखि तीनपटक मात्रै ग्रेडवृद्धिका लागि परीक्षा दिन पाउने भएका छन् । लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो । 

“नियमित वा ग्रेडवृद्धि परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नकेका परीक्षार्थीले जुन विषयमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेको हो, सोही विषयमा मात्र तीन वर्षसम्म वार्षिक परीक्षामा सहभागी हुन पाउनेछन्,” निर्देशिकाको दफा ७ मा भनिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यसैवर्ष २०८० को १२ कक्षाको परीक्षाबाटै सो नियम कार्यान्वय गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेको छ । यसअघि, कक्षा १२ को ग्रेडवृद्धिका लागि पाँच पटकसम्म वार्षिक परीक्षामा सहभागी हुन पाउने व्यवस्था थियो । 

निर्धारित ग्रेडिङ प्रणालीमा १.६ जीपीएलाई लाई डी र सोभन्दा कमलाई नन ग्रेडिङमा राखिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro