site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वस्तुको निर्यातबाट व्यापार घाटाको खाडल पुर्न असम्भव छ : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद विनोद चौधरीले वस्तु निर्यातबाट व्यापार घाटाको खाडल पुर्न असम्भव रहेको बताएका छन् । तर, विद्युत्को बढ्दो मागलाई मध्यनजर गरेर निर्यात गर्न सके व्यापार घाटाको कम गर्न सकिने उनको भनाइ छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बोल्दै सांसद चौधरीले व्यापार घाटाको बढ्दो खाडल पुर्न विद्युत् निर्यात एउटा सशक्त माध्यम बन्न सक्ने बताएका हुन् ।

“जलविद्युत्का उत्पादन र निर्यातका उत्कृष्ट मोडलहरू देश सामु आएका छन् । व्यापारघाटाको बढ्दो क्रमलाई धान्न नसक्ने अवस्थामा पुगेको र यो खाडल पुर्न एउटा सशक्त माध्यम बन्न सक्छ । वस्तुको निर्यातबाट यो खाडल पुर्न असम्भव छ,” उनले भने, “हाम्रो प्राथमिकता सकेसम्म विद्युत् नेपालमै खपत होस भन्ने हुनुपर्छ । त्यसका लागि नेपाललाई एसएमई साना तथा घरेलु उद्योग तथा अर्काेतर्फ २१औँ शताब्दीको क्रिप्टो माइण्डको हब बनाउँन सकिन्छ । यसका लागि गुणस्तरीय विद्युत्को आवश्यकता पर्छ ।”

व्यापार घाटा कम गर्ने कोसेढुङ्गाको रूपमा क्रिप्टोलाई वैधानिकता दिन सकिने पनि उनले बताए । 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro