site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
टिपरमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । धनुषाको मिथिला नगरपालिका–४, जगदेवपुलमा आज टिपरमा  मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । धनुषाकै कमला नगरपालिका–२ का २२ वर्षीय दिपु यादवको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका यादवलाई ढल्केबर अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

सिरहाबाट महोत्तरीतर्फ जाँदै गरेको लु१क १७६८ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको मधेस प्रदेश–०२–००६ प ६५२७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

सोमबार बिहान करिब ५ बजे भएको दुर्घटनापश्चात् टिपरचालक फरार छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro