site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्राज्ञिक र व्यापार क्षेत्रलाई जोड्न गल्फ र आर्थिक परिसंवाद एकैसाथ : प्रधान सम्पादक प्रधान

काठमाडौं । बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले प्राज्ञिक र व्यापार क्षेत्रलाई जोड्न गल्फ र आर्थिक परिसंवाद एकैसाथ आयोजना गरिएको बताएका छन् ।

शनिबार बाह्रखरी मिडियाले गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना गरेको गल्फ र आर्थिक परिसंवाद कार्यक्रममा स्वागत मन्तव्य दिँदै प्रधानले सामाजिक उत्तरदायित्व पूरा गर्दै सुरु गरेको गल्फ प्रतियोगिता छैटौँ वर्षमा प्रवेश गरेको जानकारी दिए ।

"हामीले एकेडेमिक र बिजनेस सेक्टर जोड्न गल्फसँगै आर्थिक परिसंवाद गरेका हौँ । यो छैटौँ संस्करण हो । हामी विस्तारै अघि बढ्दै छौँ," उनले भने । 

उनले अहिले पत्रकारिता क्षेत्र अप्ठेरो अवस्थामा रहेको पनि बताए । तर, असहज परिस्थितिमा पनि बाह्रखरीले आफ्नो पेसागत धर्म कदापि नभुल्ने उनको भनाइ । 

"विभिन्न कारणले पत्रकारिता अहिले साह्रै अप्ठेरो अवस्थामा छ । तर, हामी यो पेसा छाडेर कतै जादैनौँ," उनले भने । 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro