site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले एक केजी ८० ग्राम लागुऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले यसबारेमा जानकारी गराएको हो ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित अलिग्राहका ५१ वर्षीय रवीन्द्रकुमार परासर र केन्याकी ६३ वर्षीया पिलिसिला वान्जा एन्ड्रिटुलाई रहेका छन् ।

रवीन्द्रकुमारलाई यही वैशाख ५ गते काठमाडौंको ठमेलस्थित एक होटेलबाट पक्राउ गरिएको थियो । एन्ड्रिटुलाई ठमेलकै अर्को होटेलबाट एक हजार अमेरिकी डलरसहित पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए ।

उनीहरूविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।

बरामद कोकिनको अवैध बजार मूल्य अन्दाजी दुई करोड ३३ लाख २८ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro